कला नबुझ्नेहरू फिल्म सेन्सर गर्न बसेका छन् : निश्चल बस्नेत

२०८१ फागुन २८ गते

काठमाडौँ । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? भनेर प्रश्न गरेका छन् ।
उनले बुधवार सामाजिक सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त प्रश्न गरेका हुन् ।
चैत १ गते प्रदर्शन मिति तोकेको चलचित्र राजागंजलाई सेन्सरले रोके पछि निश्चलले यस्तो स्ट्याटस लेख्दै फेसबुकमा पोस्ट गरेका हुन् ।
उनले लेखेका छन् ‘राजागंज लाई सेन्सरले रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? DISLAIMER नबुझ्ने , फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने, Fiction को अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ? फिल्म जति नै Realistic भएपनि Real हुदैन , its a work of Art . ART नबुझ्नेहरू फिल्म सेन्सर गर्न बसेका छन ! हाम्रो नेपालमा !!!’

२०८१ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित