लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
२०८१ फागुन २८ गते

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुव्र्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् ।
कोशी प्रदेश प्रहरीद्वारा आज आयोजित ‘अबको युद्ध दुव्र्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उनले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ भने ।
मुख्यमन्त्री कार्कीले भने, ‘तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदाय स्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुव्र्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट विनियोजन गर्ने छ ।’
२०८१ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








