‘लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँ’

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद विष्टले यस्तो बताएका हुन् ।

लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताए । उनले एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिए मात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताए । उनले योग्यताअनुसारको काम र काम अनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सके मात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताए ।

उनले भने ‘नेपालको राजनीतिमा हामीले जे बोल्छौँ त्यही गर्नेगरी सुधार्न जरुरी छ । नेपालको राजनीतिलाई समृद्ध पार्न जरुरी छ । आज हामीले राजनीतिक नियुक्तिमा होस् चाहे अरु प्रकारका कामहरूमा होस् । योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सक्यौँ भने मात्रै हामी नेपाली राजनीतिमा आशा जगाउन सक्छौँ । यो प्रकारको कदमले मात्रै हामी नेपाली राजनीतिलाई परिणाममुखी बनाउन सक्छौँ । आज नेपालको राजनीतिमा युवाहरूले धेरै कुरा चाहिरहेका छैनन् । काम छिटो र छरितो होस् । नेपालभित्रै परिणाममुखी काम पाइयोस् भन्ने मात्र चाहेका छन् । आज यसका लागि केही कमीहरू रहेका छन् भने पनि लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, लोकतन्त्रको विकल्प राजतन्त्र पनि हुन सक्दैन । लोकतन्त्रको विकल्प त उन्नत र सुधारिएको लोकतन्त्र हुनसक्दछ ।’

वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरू देखा परेको उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =