दाङका स्वर्गद्वारी गुठीपीडित किसानहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूसँग भएका सामग्रीहरू समेत सरकारले डकैती शैलीमा खोसेको आरोप लगाए ।

उनले भने ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ । अब त अति भयो । अति भए खती हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ ।’

उनले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =