हामी सहकारी पीडितले न्याय पाउन् भन्छौं, सरकार रविलाई थुन्यौँ त भन्छ : सांसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले साङ्केतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाए ।
उनले वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बताए । उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिदिनुस् भन्दा ‘रविलाई थुन्यौँ त’ भन्ने सरकारको जवाफ हुने गरेको बताए ।
उनले भने ‘हामीले सरकारलाई जनतालाई माया गरिदिनुस् भन्छौं उहाँको कार्यकर्ताले रङ्गशालामा मान्छे कुट्छ । हामी सरकारले देशलाई माया गरिदिनुस् भन्छौं उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ । हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उनीहरु रविलाई थुन्यौँ त भन्छन् । हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् न भन्छौं उनीहरु बालेनको कर्मचारी खोसे त भन्नुहुन्छ ।’
उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताए ।








