महेश बर्तौलाको चेतावनी- संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्नु

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरीतका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् ।

मङ्गलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरू भइरहेको बताए । उनले र्यालीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको उल्लेख गर्दै संविधान प्रतिकुल कार्य भएको टिप्पणी गरे ।

उनले भने ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन र उक्सावटबाट समाजमा संविधान विपरीतका कार्यहरू भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरू गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने खालका संविधान विरोधी क्रियाकलापहरू भइरहेका छन् । यी सबै क्रियाकलापहरू गर्न पूर्वराजा शाहले उक्साइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थितिमा यी सबै कामहरु भइरहेका छन् । यति मात्र होइन र्यालीमा विदेशी नेताका तस्बिरसहित र्यालीहरु देख्यौँ । यसले हाम्रो संविधान बमोजिम राष्ट्रहित कार्य हो । यी कार्यहरूलाई संविधानको दायरामा ल्याउन जरुरी छ ।’

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने उल्लेख गर्दै संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न समेत चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =