पूर्व जाँदै प्रधानमन्त्री ओली, सुरक्षा सतर्कता उच्च

काठमाडौं । कोशी प्रदेशको प्रदेशसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन तय भएको हो ।

यसअघि, प्रधानमन्त्री ओली पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीको सम्बोधनलाई ध्यानमा राख्दै प्रदेशसभामा रहेका प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति सुनिश्चित गर्न ह्विप जारी गरेका छन् । यी दलहरूले प्रदेशसभाको महत्वलाई दृष्टिगत गर्दै आफ्ना सांसदहरूलाई बैठकमा उपस्थित रहन निर्देशन दिएका हुन् ।

तर, विपक्षी दलहरूले भने प्रधानमन्त्रीको सम्बोधनलाई लिएर विभिन्न सर्तहरू अघि सारेका छन् । उनीहरूले प्रदेश सरकार र संघीय सरकारसँग प्रदेशको विकास, बजेट व्यवस्थापन र विभिन्न विवादित विषयहरूबारे स्पष्ट धारणा माग गरेका छन् । प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनलाई लिएर राजनीतिक वृतमा चासो बढेको छ । प्रधानमन्त्री पूर्व जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =