ज्ञानेन्द्रले फर्काए विष्णुलाई जवाफ- तपाईँ वडाध्यक्षको तयारी गर्नुस् !

काठमाडौँ । देशको संघीय राजधानी काठमाडौँमा आइतबार आयोजित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत जुलुस नयाँ विवादको केन्द्र बनेको छ । कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरिएपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ ।

मूलतः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच यस विषयलाई लिएर सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलेको छ । एमाले उपमहासचिवसमेत रहेका रिमालले जुलुसमा आदित्यनाथको तस्वीर प्रयोग गरिएको विषयमा सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि शाहीले त्यसको प्रतिवाद गरेका थिए । उनले प्रधानमन्त्री ओलीकै निर्देशनमा रिमालले यो विषयलाई उछालिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए ।

यसको जवाफमा रिमालले शाहीको दाबीलाई चुनौती दिँदै उनलाई ‘नालायक’को संज्ञा दिए । तर, बहस यत्तिमै रोकिएन । मंगलबार बिहान पुनः शाहीले कडा टिप्पणी गर्दै रिमाललाई लोकतन्त्रको नाममा ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाए । उनले प्रधानमन्त्री ओली प्रत्यक्ष निर्वाचित कार्यकारी बन्न तयार होऊन् र रिमाल वडा अध्यक्षका लागि उम्मेदवारी दिन सल्लाह दिए ।

प्रतिक्रिया

One thought on “ज्ञानेन्द्रले फर्काए विष्णुलाई जवाफ- तपाईँ वडाध्यक्षको तयारी गर्नुस् !

  1. माननिय श्री ज्ञानेन्द्र शाही ज्यु ले एकदमै सही बोल्नु भएको हो राजा ज्ञानेन्द्र शाह देशमा राजा बन्न हामी सबैको कर्तव्य हो र सके सहयोग गरौं नसके धेरै ल्याङ ल्याङ नगरौ, र देश हाम्रो हो देश हाम्रो हो र राजा लिएर आउँ देश बचाउँ जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =