साउदी युवराजले जेलेन्स्कीलाई भेटे

काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमानले सोमवार साँझ साउदी अरेबियाको जेद्दामा भ्रमणमा रहनुभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । साउदी युवराजले जेद्दाको अल-सलाम दरबारमा युक्रेनी राष्ट्रपतिलाई स्वागत गरेका हुन् ।

जहाँ आधिकारिक स्वागत समारोह आयोजना गरिएको थियो । दुई नेताहरूले औपचारिक वार्ता पनि गरेका छन् । अमेरिका युक्रेन वार्ताअघि सोमवार जेलेन्स्की साउदी तटीय शहर पुगेका थिए । सोमबार नै अमेरिकी विदेशमन्त्री मार्को रुबियो जेद्दाह पुगेर साउदी युवराजसँग भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =