तत्कालिन प्रमुख आयुक्तले डेढ वर्ष संस्थालाई बन्धक बनाएर गुण्डाराज चलाए : निर्देशक भट्टराई

काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले स्काउटका तत्कालिन प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटलाई डेढ वर्षदेखि वन्धक बनाएको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालिन प्रमुख आयुक्तले स्काउटको ७२ वर्षको इतिहास तहसनहस गरी संस्थामा गुण्डाराज मच्चाएको आरोप लगाए ।

गत फागुन ७ गते युवा तथा खेलकुदमन्त्री एवं प्रमुख स्काउट तेजुलाल चौधरीले स्काउटका प्रमुख आयुक्त रञ्जितलाई पदबाट हटाउनुभएको थियो । रञ्जितको स्थानमा देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाइएको छ ।

नयाँ नेतृत्व आएपश्चात विद्यमान परिस्थितिबारे सत्यतथ्य जानकारी लिई उजागर भएका समस्याहरुलाई समाधान गर्न लागिपरेको उनको दाबी छ ।

उनले भने,‘संस्थालाई कुनै व्यक्ति वा समूहले वन्धक बनाउन मिल्दैन, तर हाम्रो संस्था आफ्नै केन्द्रिय नेतृत्वबाट विगत उकवर्षदेखि वन्धक हुन पुगेको थियो । तत्कालिन प्रमुख आयुक्तले नेपाल स्काउटको ७२ वर्षको इतिहासलाई तहसनहस गर्नेगरी संस्थामा गुण्डाराज मच्चाउने, संस्थालाई राजीतिक रुपमा खण्डित गर्ने र व्यक्तिगत चरित्रहत्या गर्ने लगायतका कार्यहरुले गर्दा संस्थाको स्वच्छ छवी धुमलिन पुगेको छ ।’

उनले स्काउटसम्बन्धी ऐन संशोधनको लागि सातवटै प्रदेशबाट सुझावहरु संकलनको काम भइरहेको उल्लेख गर्दै संसदको अगामि अधिवेशनबाट नयाँ ऐन प्राप्त गर्ने पहलकदमी शुरु भइसकेको बताए ।

उनले नयाँ नेतृत्व आएपश्चात रोकिएर रहेका आयोजना एवं नयाँ समझदारीका लागि समेत पहलकदमी शुरु भएको जानकारी दिए । उनले स्काउटको नयाँ नेतृत्व भिजन २०३२ लाई सफल पार्न प्रतिवद्ध भई काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =