राजाको पक्षमा कुनै माहोल छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा कुनै माहोल नदेखेको बताएका छन् । उनले देशमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए ।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्रको पक्षमा माहोल नै नदेखेको बताए ।

सभापति देउवाले हिजो काठमाडौंमा राजावादीहरूले गरेको प्रदर्शनले केही फरक नपार्ने बताए ।

‘राजाको पक्षमा कुनै माहोल देखेको छैन । हिजो काठमाडौंमा केही भएको छैन’ सभापति देउवाले भने ।

सभापति देउवाले पूर्वराजालाई भारतले नउचालेको बताए । उनले कसैले उचालेर उचालिने कुरै नभएको बताए । ‘कसैले उचालेर उचालिने कुरै छैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =