महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सभामा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौं । राष्ट्रिय सभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

सभाको तर्फबाट आईतवारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शून्य र विशेष समयमा सांसदहरूले सभाको बैठकमा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकमा अध्यक्ष दाहालले शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गरे ।

उनले भने, ‘११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा साथै शून्य समय र विशेष समयमा मान्य सदस्यहरूले आफ्ना भनाइ राख्ने क्रममा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =