पूर्वराजाको स्वागतमा त्रिभुवन विमानस्थलमा लिङदेन
२०८१ फागुन २५ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन त्रिभुवन विमानस्थल पुगेका छन् । पूर्वराजा शाह समिट एयरको विमानमार्फत पोखराबाट काठमाडौंका लागि उडिसकेका छन् ।
उनी केही बेरमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । पूर्वराजा शाहको स्वागतका लागि हजारौँको संख्यामा राजावादी समर्थक विमानस्थल पुगेका छन् ।

२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








