पूर्वराजा आउने भएपछि काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त
२०८१ फागुन २५ गते

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने भएपछि काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
राजावादीहरुको प्रदर्शनका कारण तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ ।राजाको स्वागतका राजावादीहरु सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने भएपछि सडक अस्तव्यस्त बनेको हो ।
नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु भने समस्यामा परेका छन् । वैकल्पिक सडक प्रयोग गरेर यात्रुहरुलाई गन्तव्यमा पठाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








