राजावादी सल्बलाएपछि माओवादीको ‘जागरण अभियान’ स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित भएको छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गरेर अभियान स्थगित भएको महासचिव देव गुरुङले बताए ।

अभियान र पछिल्ला विकसित घटनाक्रमबारे छलफल गर्न भोलि पदाधिकारी बैठक बस्ने उनले बताए । पछिल्लो समयमा राजावादी शक्तिहरूको सक्रियतापछि माओवादीले अभियान स्थगित गरेको बताइएको छ ।

माओवादीले फागुन १२ गते झापाबाट एक महिने अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =