महिला सशक्तीकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्छ : आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तीकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताएकी छन् ।

शनिवार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताइन् । उनले महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने बताइन् ।

उनले भनिन् ‘परिवारमा पनि महिलाको आवाज कति महत्वपूर्ण छ कि छैन ? पूजाआजालगायत सामाजिक कार्यमा महिलाले भनेको कुरा सुनिन्छ । तर अरु आर्थिक कुराहरू, घरका बारेमा, कुनै बच्चाको पढाईका बारेमा महिलाको आवाज सुनिन्छ कि सुनिँदैन रु त्यो भित्र पनि महिलाले आफूलाई खोज्ने र आफूलाई राख्ने प्रयास गर्नुपर्छ । समाजमा, हाम्रो कम्युनिटीमा र देशमा यो सशक्तीकरण भन्ने कुरा हामीलाई हातमा दिने बित्तिकै प्राप्त गर्ने र टोपी लगाएको जस्तो दौडिने कुरा होइन । यो भित्रैदेखि आफ्नो व्यवहार, आफ्नो सोच र आफ्नो प्रस्तुतिमा आउने कुरा हो र आत्मविश्वासको कुरा हो ।’

परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसाबले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभूति हुनु पर्ने बताइन् । महिलाहरूले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =