महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हो : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताए । ‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरूको छोरी नोकरानी गर्नु हुँदैन । यदि तपाईँ आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरूको छोरी पनि रानी बनाउनु पर्छ,’ उनले भने, ‘आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदि तपाईँ आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ ।’

मन्त्री सुडीले महिलाहरूको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गरेका छन् । उनले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताए । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =