वनस्खण्डी मन्दिर नजिकै जबरजस्ती करणी, १८ वर्ष मूनिका ७ किशोर पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा जबरजस्ती करणीको आरोपमा सात जना किशोरहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १८ वर्षमुनिका ती किशोरहरूको पहिचान गोप्य राख्दै घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार, हेटौंडा उपमहानगरपालिका-२ स्थित वनस्खण्डी मन्दिर नजिकैको जङ्गलमा जबरजस्ती करणीको घटना भएको हो । पीडित युवतीले फागुन २१ गते प्रहरी कार्यालयमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

अनुसन्धानकै क्रममा फागुन २२ गते पाँच जना र फागुन २३ गते थप दुई जना पक्राउ परेका छन् । मकवानपुर जिल्ला अदालत हेटौंडाबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 3 =