प्रधानमन्त्री हत्याउनकै लागि दलहरू मिल्ने प्रवृत्तिको विकास भयो : बामदेव गौतम
२०८१ फागुन २३ गते

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले आफ्नो सिद्धान्त, परम्परा विपरीत प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरूसँग मिल्ने प्रवृत्तिको विकास भएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन समेत चेतावनी दिए । अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावना समेत संसदमै रहेको उनको भनाइ छ ।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








