उर्जामन्त्री भन्छन् – कुलमानलाई हटाउने विषयमा जवाफ पर्खिरहेका छौँ [भिडियो]
२०८१ फागुन २३ गते
![उर्जामन्त्री भन्छन् – कुलमानलाई हटाउने विषयमा जवाफ पर्खिरहेका छौँ [भिडियो]](https://www.makalukhabar.com/wp-content/uploads/2025/03/dipak-khadka.jpg)
काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा जवाफ पर्खिरहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरुसंग बोल्दै उनले सो कुरा बताएका हुन् ।
गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई भनेको थियो । सोही अनुरुप बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको थियो ।
मन्त्रालयका सचिव सुरेश आचार्यद्धारा हस्ताक्षरित चार बुँदे चार स्पष्टीकरण पत्र घिसिङले प्राप्त गरिसकेका छन् । आइतबार जवाफ पठाउने घिसिङको तयारी छ ।
यसअघि मन्त्रालयबाटै दुईपटक स्पष्टीकरण सोधिएको थियो । मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्न सक्ने अधिकार नभएको भन्दै घिसिङले प्रतिवाद गरेका थिए ।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








