बाँके सेवा समाजद्वारा दोहामा रक्तदान कार्यक्रम

काठमाडौं । बाँकेबाट कामको सिलसिलामा कतार पुगेकाहरूले त्यहाँ रहेका नेपालीलाई अप्ठेरो पर्दा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आज दोहामा रक्तदान कार्यक्रम गरिएको छ ।

बाँके सेवा समाज कतारको आयोजनामा भएको कार्यक्रममा त्यहाँस्थित हमाद हस्पिटलको रक्तसञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

नेपालीहरू कतारमा विभिन्न जोखिमपूर्ण काममा रहेका र कहिलेकाहीँ दुर्घटना पर्दा वा बिरामी हुँदा रगत पाउन गाह्रो हुने गरेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका उपाध्यक्ष हेमराज रिजालले जानकारी दिए ।

उनका अनुसार स्थानीय समयअनुसार आज बिहान ८ देखि १ बजेसम्म आयोजित रक्तदान कार्यक्रममा ५० जना युवाले रक्तदान गरेका छन् ।

आगामी दिनमा नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको रिजालले बताए । कतारमा तीन लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =