‘नवीकरणीय उर्जा प्रवर्द्धन गर्ने कानुनको अभाव परिपूर्ति गर्न नवीकरणी उर्जासम्बन्धी विधेयक ल्याइएको हो’

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा संरक्षण तथा नवीकरणीय उर्जा प्रवर्द्धन गर्ने कानुनको अभाव परिपूर्ति गर्न नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक ल्याइएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले ग्रामीण उर्जा नीति र उर्जा दक्षता रणनीतिले परिकल्पना गरेको उर्जा दक्षता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले उक्त विधेयकले नवीकरणीय उर्जा तथा उर्जा दक्षताको क्षेत्रलाई नियमन गर्ने नियमनकारी निकायको अभावलाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘ग्रामीण उर्जा नीति, २०६३ ले परिकल्पना गरेको नवीकरणी ऊर्जाको विकास तथा विस्तार गर्न तथा उर्जा दक्षता रणनीति, २०७५ ले परिकल्पना गरेबमोजिम तथा उर्जा दक्षता वृद्धि गर्न, उर्जा संरक्षण तथा नवीकरणीय उर्जा प्रवर्द्धन गर्ने कानुनको अभाव परिपूर्ति गर्न, नवीकरणी उर्जा र उर्जा दक्षता सम्बन्धमा संघीय इकाईहरूबिच अधिकार र जिम्मेवारीको बाँडफाँड गर्न विधेयक ल्याइएको हो ।’

विधेयकमा सुधार गर्नुपर्ने कुराहरू दफावार छलफलका क्रममा सुधार गर्दै जानुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =