माइतीघरमा स्वर्णद्वारी गुठी पिडित मोहि किसानहरुको आन्दोलन (तस्बिरहरू)

काठमाडौँ । मोही किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रवार माइतीघर मण्डलामा गुठी संस्थानले आफ्नो मोहियानी भएको जमिन सरकारीकरण गर्न खोजेको भन्दै विरोधमा उत्रिएका हुन् ।
उनीहरूले आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारको लागि आन्दोलित भएको बताएका छन् ।
गुठी संस्थान (२०२१) ऐनअनुसार आफ्नो मोही हक प्रमाणित गरी जमिन नामसारी गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन्
२०७५ सालदेखि नै स्वर्णद्वारी गुठीका मोही किसानहरूले यसको विरोध गर्दै आएका थिए ।
गत साउन २ गते पनि उनीहरूले सरकारसँग भएको वार्ता गरेका थिए । तर वार्ता निष्कर्षविहीन भएपछि सङ्घर्षलाई अझ तीव्र बनाउने चेतावनी दिएका थिए ।
आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।
हाल १२ वटा गाउँका १६ हजार किसानहरूसँग १९ हजार ४१० रोपनी जमिनको मोही हक रहेको छ ।
हेर्नुहोस् तस्बिरहरू :









