दलित समुदायमाथि जघन्य अपराधका घटना बढ्यो : सांसद सुनार
२०८१ फागुन २३ गते

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायमाथि जघन्य अपराधका घटना बढिरहेको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशका विभिन्न भागमा दलित समुदायमाथि अत्याचार हुँदा पनि समाज र राजनीतिक पार्टीहरू मूकदर्शक बनेको आरोप लगाए । दलित समुदायमाथि भएका बलात्कार र हत्याका घटनाले वर्षौँसम्म पनि न्याय पाउन नसकेको उनको भनाइ छ ।
उनले भने ‘पँधेरोमा छोइछिटो गर्याे भनेर मोना सार्कीलाई कुटेर मारिएको छ, बोक्सीको आरोपमा काभ्रेमा दलितलाई कोटेर हत्या गरिएको छ । दैलेखमा सेते दमाईलाई छोराले अन्तरजातीय विवाह गर्याे भनेर निर्दोष बाउलाई कुटेर मारिएको छ । हाम्रो समाज के भएछ ? हाम्रा राजनीतिक पार्टीहरू के भएछन् ।’
उनले समाजमा विभेद घटेको छ कि बढेको छ ? भन्दै सरकारलाई प्रश्न गरे ।
२०८१ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








