१६ औं राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक

काठमाडौँ । १६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक भएको छ ।

शुक्रवार ललितपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याङ्कन गर्न जरुरी रहेको बताए ।

उनले महिलाको विकास, सशक्तीकरणमा जोड दिनुपर्ने बताए । उनले आयोगका सिफारिसहरू पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले लैङ्किग समानताको नीति लागू गर्नुपर्ने बताए ।

उनले भने ‘हाम्रा सिफारिसहरू पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । यो दुःखलाग्दो विषय छ । हामी लागि रहेका छौँ । हामी कसरी पूर्ण रुपमा सिफारिस कार्यान्वयन गराउनसक्छौँ भनेर लागि रहेका छौँ । सरकारको लैङ्किग समानताको नीति लागू गर्नुपर्छ । त्यो कुरा प्रतिवेदनमा उल्लेख छ । लैङ्गिक मूल प्रवाहीकरणमा गति दिनुपर्छ । लैङ्किग संवेदनशील सूचकहरूको विकास गर्नुपर्छ । भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ । महिलाको विकास, सशक्तीकरणमा जोड दिनुपर्छ ।’

उनले मानव अधिकारमाथि देखिने चुनौतीहरू सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − 1 =