संसदमा उठ्यो बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौँ विमानस्थलमा अवतरणको विषय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् ।

बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले यस्तो माग गरेका हुन् ।

उनले भने ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र काठमाडौंमा एउटा पाङ्ग्रामा मात्रै ल्याण्ड गर्यो । यसको विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’

फरक प्रसंगमा बोल्दै उनले नेपाललाई समृद्धिको लागि धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =