टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न रास्वपा सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरू बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानून मान्ने नगरेको उनको आरोप छ ।

टिप्परको व्यवस्थापनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरुले कानून मान्दैनन् । टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिपर हिड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकि स्थानीय नेता र ठेकेदारहरूको लगानी भएकोले । सरकार र राज्यपनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो ?’

उनले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =