झाडीको बाटोबाट कोही सिंहासनमा बस्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिच्याईं, अराजकता र झाडीको बाटोबाट कोही सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य नहुने बताएका छन् ।
बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा।लि।’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उनले पूर्वराजा शाहलाई चुनौति दिएका हुन् ।
उनले नेपाली जनताले फालेका राजतन्त्रलाई पुनः फर्काउन भन्दै नाराबाजी भइरहेको बताउनु भयो । उहाँले मानिसहरु कुर्सीमा बस्दा राजा हुने दिन गएको जिकिर गर्नुभयो । उहाँले लोकप्रिय लागेको भए निर्वाचनमा लड्न चुनौति दिए ।
प्रधानमन्त्री ओलीले देश विकास निर्माणका कामबाट अघि बढिरहेको भन्दै दाबी गरे । उनले आफू मधेसबिरोधी नभएको समेत बताए ।
छायाँ अघि सारेर नभइ आफैँ राजनीतिक दल खोलेर निवाृचन लड्न उहाँको चुनौति छ । अब नेपालमा जन्मिदै राजा हुने प्रणाली स्वीकार्य नहुने बताए । संविधान र लोकतन्त्रको बाटो समातेर अघि बढ्न सबैलाई खुला रहेको बताए ।








