सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत
२०८१ फागुन २२ गते

काठमाडौं । राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो । अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो ।
त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रश्ताव प्रस्तुत गरे । उक्त प्रश्ताव बहुमतले पारित भएको छ । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।
२०८१ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित








