एमाले सांसदको प्रश्न : नेतृत्वविरुद्ध अपशब्द प्रयोग गर्ने प्रवृत्तिले देश कतातिर जान्छ ?

काठमाडौं । नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरु भेटिने गरेको उनको भनाइ छ ।

नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरु रमाइरहेको उनको जिकिर छ । उनले यही प्रवृत्तिको विकास गर्‍यो भने देश कतातिर जान्छ ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘आज देशमा अराजकता, उदण्डताहरुले प्रश्रय पाएको छ । आज सामाजिक सञ्जालहरुमा हेर्नै नसकिने शब्दहरु लेखिएको हुन्छ । आज देशमा अपशब्दहरु प्रयोग गर्ने, हुटिङ गर्ने कुरामा हाम्रा दलका साथिहरु रमाइरहेका छन् । म उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले यस्तो समाज निर्माण गर्यौंं भने हामी देश कतातिर लग्नसक्छ ?’

उनले संसदको ध्यान समेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गर्नुभयो । उहाँले सबैभन्दा बढी उद्योगीहरु कालोसूचीमा परेको कारण आर्थिक सुधार गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =