वन्धकहरूलाई रिहा गर्ने उद्देश्यले अमेरिकाको हमाससँग वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वन्धकहरूलाई रिहा गर्ने उद्देश्यले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको बताएको छ ।

कतारको दोहामा वार्ता भएको र अमेरिकी पक्षमा वन्धक मामिलाका लागि राष्ट्रपतिका दुत एडम बोहेलरले नेतृत्व गरेका थिए ।

छलफलमा राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पट्टी कब्जा गर्ने योजना पनि समावेश छ कि छैन भनेर ह्वाइट हाउस प्रेस सचिवलाई सोध्दा क्यारोलिन लेभिटले चलिरहेको वार्ता र छलफलबारे कुनैपनि विवरण खुलाउन अस्वीकार गरे । जुन अहिले पनि हमासद्वारा शासित छ ।

छलफलमा बाँकी रहेका सबै वन्धकहरूलाई रिहा गर्ने र दीर्घकालीन युद्धविराममा पुग्ने सम्झौता पनि समावेश रहेको बताए ।

इजरायली रक्षा बललाई उद्धृत गर्दै एक्सियोसले गरेको रिपोर्टअनुसार जम्मा ५९ वन्धकहरू अझै पनि हमासको कैदमा छन् ।

जसले ३५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ती बन्धकहरूमध्ये पाँच जना अमेरिकी छन् । जसमा एक जना जीवित रहेको विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =