१४ किलो सुनसहित साउथ अभिनेत्री रान्या राव पक्राउ
२०८१ फागुन २१ गते

भारत । दक्षिण भारतीय कन्नड फिल्म उद्योगकी अभिनेत्री रान्या राव सुन तस्करी मामिलामा पक्राउ परेकी छन् । सुन तस्करीको आरोपमा उनलाई बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
अभिनेत्री रावका सौतेनी बुवा के. रामचन्द्र राव कर्नाटकका आईपीएस अधिकारी हुन् । रिपोर्टअनुसार रान्या १५ दिनमा चारपटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन् ।
रान्याको साथबाट प्रहरीले सोमबार राति बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४.८ किलो सुन बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । पक्राउपछि रान्यालाई आर्थिक अपराध अदालतमा पेश गरियो, जसले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ ।
२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








