गृहमन्त्री भन्छन् – धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन्
२०८१ फागुन २१ गते

काठमाडौं । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेको र कारबाही भएको बताए ।
उनले भने, ‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेका छन् । अनुसन्धान भएको छ । कानून बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन् ।’
उनले आधारभुत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताए ।
२०८१ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








