अध्यादेश जनता र राष्ट्रको मात्र होइन सरकारको हितमा पनि छैन : रणेन्द्र बराली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले सरकारले अध्यादेश ल्याएर संसदको विधेयकमाथि छलफल गर्न पाउनुपर्ने हक हनन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश’लाई अस्विृत गरियोस् भन्ने प्रश्ताव पेस गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।
संसद बोलाउने समयमा अध्यादेशको बाटो अवलम्वन गरेको कारण सरकारको नियत नै ठिक नभएको उनको भनाइ छ । उनले अध्यादेश जनता र राष्ट्रको मात्र नभई सरकारको समेत हितमा नभएकोले अस्वीकृत गर्नुपर्ने बताए ।
उनले भने, ‘सम्दि होस् कि ज्वाइँ, अगाडिको ढोका खुला हुँदाहुँदै पछाडिको ढोकाबाट आयो भने सही नियतीले आएको भन्न सकिदैन । जनहित र राष्ट्रतिमा मात्र होइन स्वंयम सरकारको हितमा समेत नभएकोले यो अध्यादेश आम जनता र हाम्रो पार्टीको तर्फबाट अस्वीकार छ । त्यसकारण यो अध्यादेश अस्विकृतको लागि प्रश्ताव गर्दछु ।’
उनले मुनाफाखोर व्यवसायीहरुलाई लाभ पुर्याउने मनसायले सरकारले ऐन संशोधन गर्न खोजेको उनको आरोप छ ।








