सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत भएको छ ।

बुधवारको प्रतिनिधि सभामा बैठकले अध्यादेश स्वीकृत गरेको हो । अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट ७ जना सांसदहरूले अस्वीकृत गर्ने प्रस्ताव परेको थियो । तर प्रतिनिधि सभाको बहुमतले प्रस्ताव पारित गरेको हो ।

सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

प्रस्तावलाई बहुमत सांसदले स्वीकृत गरेको सभामुखले सभामा घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =