सबै दलका लागि इतिहास लेख्ने अवसर : सुनिता बराल

काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेस हुन लागेको अध्यादेशहरू इतिहास लेख्ने अवसर भएको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरूले प्रस्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेस गर्न लागेको अध्यादेश सबै दलहरूले साझा बनाउनुपर्ने बताए ।

उनले भनिन् ‘हामी दलीय राजनीतिमा छौँ र निर्वाचनमा जाँदा सबैले आ—आफ्ना घोषणा पत्रमा सुन्दर विषय उल्लेख गरेका हुन्छौँ । आज नेपाल सरकारले पाँच वटा अध्यादेशहरू निर्णयार्थ सदनमा प्रस्तुत गर्दैछ । जसमा नेपालका आर्थिक विकास र प्रगतिका विषयहरू, रोजगारीको सिर्जना, व्यावसायिक वातावरणको निर्माण, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउने र सुशासनलाई थप समृद्ध बनाउने विषयहरू छन् । हिजो सुन्दर इतिहास पढ्दै आएको यो थलो आज इतिहास लेख्ने एउटा अवसरका प्राप्त गरेका छौँ । यो अवसरमा सबै दलहरूलाई र मानीयहरुलाई आज पेस हुने अध्यादेशहरूलाई साझा बनाएर अगाडि बढ्नका लागि अनुरोध गर्न चाहन्छु ।’

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेस गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =