गुठी किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले गुठी किसानको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारसमक्ष माग गरिन् ।

‘विगत ३२ दिनदेखि सङ्घर्षरत मोही किसानको मागको सुनुवाई हुन सकेको छैन’, सांसद शर्माले भनिन्, ‘सडकबाट किसानले उठाएको र सदनमा सांसदले ध्यानाकर्षण गराएको विषयलाई सरकारले गम्भीर रूपमा लिएर तत्काल समस्या समाधान गर्न अनुरोध गर्दछु ।’

गत माघ २० गतेदेखि स्वर्गाद्वारी गुठी पीडित मोही किसान माइतीघर मण्डलामा धर्ना दिइरहेका बताउँदै उनले गुठी जग्गा रैकर गरी किसानलाई जग्गाधनी पुर्जा जारी गर्न माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =