जेलेन्स्कीको सन्देश- ‘युद्ध चाहँदैनौं, शान्ति वार्ताका लागि तयार छौं’

काठमाडौं ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाबाट हालसम्म प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा लामो पोस्ट गर्दै उनले युद्ध र शान्तिको सन्दर्भमा अमेरिकाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनका अनुसार, युक्रेन कहिल्यै अन्त्य नहुने युद्ध चाहँदैन र दिगो शान्ति स्थापना गर्न वार्ताका लागि तयार छ । ‘म शान्तिप्रति युक्रेनको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु। हामी दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छौं,’  उनले लेखे ।

उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा शान्ति प्रयासहरू अघि बढाउन आफू र आफ्नो टोली तयार रहेको संकेत गरे । तर, उनको हालैको वासिङटन यात्रा विवादरहित रहेन। खनिज सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग तीव्र मतभेदको सामना गर्नुपर्‍यो । यस घटनापछि उनले ह्वाइट हाउसको बैठक अपेक्षाअनुसार नभएको बताउँदै दुःख व्यक्त गरे ।

‘हाम्रो बैठक जसरी हुनुपर्ने थियो, त्यसरी भएन । यो दुःखद छ । तर अब हामीले चिजहरू ठीक गर्ने समय आएको छ,’ जेलेन्स्कीले उल्लेख गरे । उनले युक्रेन खनिज तथा सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि दोहोर्‍याए ।

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । यस निर्णयले जेलेन्स्कीको अमेरिका भ्रमण थप पेचिलो बनेको छ । अब युक्रेन-अमेरिका सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने विषय अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =