कक्षा १० मा अध्ययनरत अभिषेक पाठक सम्पर्कविहीन

काठमाडौं । झापाको कनकाई नगरपालिका-५, टेक्राबाट अभिषेक पाठक नामक एकजना किशोर केही दिनदेखि सम्पर्कविहीन भएका छन् । उनी झापाको मेरी गोल्ड स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।

पारिवारिक स्रोतका अनुसार, अभिषेक शुक्रबार बिहान ५ बजे ‘कोचिङ पढ्न जाँदैछु’ भनेर घरबाट निस्किएका थिए । तर, दिनभर सम्पर्कमा नआएपछि परिवारले खोजी थालेको थियो । घर नफर्केपछि उनी हराएको आशंकामा परिवारले प्रहरीमा निवेदनसमेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी मिलन केसीका अनुसार, अभिषेक बेपत्ता भएको सूचना प्राप्त भएलगत्तै खोजी कार्य सुरु गरिएको छ । उनले भने, ‘उनीसँग मोबाइल फोन नभएकाले सम्पर्क गर्न कठिनाइ भइरहेको छ, तर विभिन्न पक्षबाट विश्लेषण गर्दै खोजी कार्य तीव्र बनाइएको छ ।’

अभिषेकले घरमै एउटा नोट लेखी छाडेका थिए, जसमा उनले ‘आफूलाई नखोज्नु’ उल्लेख गर्दै आफ्नो लक्ष्यका लागि जे पनि गर्नसक्ने संकेत गरेका छन् । यस घटनाले परिवारलाई थप चिन्तित बनाएको छ । अभिषेकलाई कतै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न परिवार तथा प्रहरीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =