नक्कली भुटानी शरणार्थी प्रकरण
बेचन झाको मुद्दामा सर्वोच्चको मिसिल झिकाउने आदेश
२०८१ फागुन १९ गते

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका बेचन झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश गरेको छ । सोमबार तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले उक्त आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो । गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए ।
२०८१ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








