सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : डा.सिके राउत

बारा । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मुलुकमा सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले सङ्घीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए ।

अध्यक्ष राउतले सरकारले दल विभाजनको अध्यादेश ल्याउन खोज्नु मधेसवादी दललाई कमजोर बनाउने खेल भएको धारणा राखे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै सङ्घीयतालाई मुलुकमा टिकाइ राख्न जरूरी रहेको बताउँदै उहाँले प्रदेशको मातहतमा प्रहरी नआएसम्म काम गर्न निकै गाह्रो हुने जिकिर गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू प्रभुनाथ पटेल, रौशन खातुन, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश साह, बारा जिल्ला अध्यक्ष शिवनाथ पटेललगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =