‘हाकिम’ माथिको छानबिनको स्थितीबारे स्पष्ट खुलाई पठाउन मन्त्रालयको पत्र
२०८१ फागुन १९ गते

काठमाडौं । काठमाडौं महानगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्थिति खुलाउन माग गर्दै पत्र लेखेको छ ।
मन्त्रालयले यही फागुन १५ गते महानगरलाई पत्र पठाएर कारबाहीको स्थिति खुलाएर पठाउन भनेको हो। ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानविन कार्यको स्थितीबारे स्पष्ट खुलाई पठाइदिनहुन अनुरोध छ,’मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

२०८१ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








