रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।

केही सप्ताहको अध्ययन बिदा पश्चात् उनी सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका हुन् ।

उनले आजबाट आफू पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको जानकारी दिएका छन् ।

‘म केही सप्ताहको अध्ययन बिदा पश्चात् आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’ उनले भने ।

झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए । उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावललाई जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =