राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । संविधानसभा सदस्य विदुरप्रसाद सापकोटाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाको आइतबारको बैठकले स्व सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रियसभाका सदस्यहरूले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गर्नुभएको थियो ।

वि.सं. २०२३ भदौ १५ गते मन्दनदेउपुर नगरापालिका–७ नौविसे काभ्रेमा जन्मिनुभएका सोपकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते निधन भएको थियो ।

हाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा आबद्ध स्व सापकोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहीबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =