शेखर कोइरालाले भेटे प्रकृति लम्सालको परिवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखदमा घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटवार्ता गरेका छन् ।

उनले घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताए ।

रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए ।

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भईरहेको पनि बताए ।

लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =