नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन आजदेखि सुरु
२०८१ फागुन १६ गते

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजदेखि सुरु भएको छ ।
महाधिवेशन यही फागुन १९ गतेसम्म चल्ने पार्टीले जनाएको छ ।
आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत भएको छ ।
नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए ।
उनले महाधिवेशनका लागि काठमाडौं भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहेको बताए ।
२०८१ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








