मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छ : प्रचण्ड
२०८१ फागुन १६ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको मुक्तिको जिम्मा आफूले लिने बताएका छन् ।
अध्यक्ष प्रचण्डले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका हुन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसी जनताको मुक्तिको जिम्मा माओवादीले लिने बताए ।
मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको औँल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताए ।
आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।
२०८१ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








