पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले बोलाए बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

उनले आजै अपराह्न ४ बजेका लागि शीर्ष नेताको बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संसदमा पेस भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लाने विषयमा पनि छलफल हुने बताइएको छ ।

यसका साथै पार्टीको भ्रातृ संस्थाहरूको अधिवेशनका विषयमा पनि छलफल हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =