नेकपा एमाले देशको विकास गर्ने पार्टी हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताएका छन् ।

आज सुर्खेत लेकबेँसी नगर कमिटीले आयोजना गरेको दुई दिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताए ।

एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ ।

एमालेमा विगतमा सदस्य धेरै भएपनि चुनावमा मत कम प्राप्त गरेकाले आफ्नो सदस्यता आफैँ नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

कर्णालीको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उनले बताए । सत्ता साझेदार दलहरूलाई साथमा लिएर एमालेले कर्णाली बनाउने अभियानमा लागेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =