नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत
२०८१ फागुन १३ गते

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरे ।
लामो समयदेखि प्राधिकरण टुक्रयाउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन ।
नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र अन्तरराष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउनेलगायतका विषयसमेतमा सो विधेयकको आवश्यकता महशुस गरिँदै आएको थियो ।
२०८१ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








